पूर्वराष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस १६ २०८१
2.4K
SHARES

१६ पुस काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युनले देशमा लगाएको ‘मार्सल ल’का कारण यो ‘वारेन्ट’ जारी गरिएको हो ।

पूर्वराष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए । तर, चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । त्यसपछि युनविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र उनलाई राष्ट्रपति पदबाट हटाइएको थियो ।मार्सल ल लागु गर्ने युनको निर्णयमाथि अनुसन्धान भइरहेको छ । उनीमाथि विद्रोह र देशद्रोहको आरोप लगाइएको छ ।