अमेरिकामा भीषण हिमआँधीको त्रास


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २१ २०८१
2.3K
SHARES

२१ पुस काठमाडौं । अमेरिकामा यस दशककै सबैभन्दा भीषण हिमआँधी आउने आशंकाले प्रशासनले तयारी सुरु गरेको छ।यस अवधिमा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने सम्भावना रहेको त्यहाँको मौसम विभागले जनाएको छ।

नेसनल वेदर सर्भिसका अनुसार यो आँधी अमेरिकाको मध्य भागबाट सुरु भएको हो र आगामी केही दिनमा पूर्वतिर सर्नेछ।अमेरिकाका मिसिसिपी र फ्लोरिडालगायतका केही भागमा धेरै चिसो नहुने ठाउँमा समेत चिसोको अवस्था भयावह हुने चेतावनी दिइएको छ।

एक्युवेदर फ़ोरकास्टर डेप्याडविनले भने, ‘यसले सन् २०११ पछि संयुक्त राज्य अमेरिकामा सबैभन्दा चिसो जनवरी हुने देखिएको छ।’अमेरिकी मौसम विभागका अनुसार, ‘आइतबार मध्य अमेरिकामा जनजीवन निकै प्रभावित हुनेछ र ट्राफिक अवस्था पनि बिग्रिनेछ।’