भूकम्पबाट ३६ जनाको मृत्यु पुष्टि


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २३ २०८१
2.7K
SHARES

२३ पुस काठमाडौं । आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस भएको भूकम्पमा परेर ३६ जनाको ज्यान गएको छ । चिनियाँ विश्व च्यानल सीजीटीएनका अनुसार मृत्यु हुनेहरूको आँकडा ३६ पुगेको छ । ज्यान जानेहरू सबै चीनको तिब्बतकै भएको बताइएको छ ।यस अगाडि अमेरिकी विश्व च्यानल सीएनएनले नौ जनाको ज्यान गएको बताउँदै भूकम्प ७.१ रेक्टर स्केलको आएको बताएको छ ।

चिनियाँ अखबार ग्लोबल टाइम्सले भने ६.८ रेक्टर स्केलको भूकम्प आएको लेखेको छ ।ग्लोबल टाइम्सका अनुसार दिङ्ग्री काउन्टीमा भूकम्प गएको हो । यो काउन्टी तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेबाट नजिकै रहेको छ ।चिनियाँ स्थानीय समय अनुसार बिहान ९ः५ बजे भूकम्प गएको थियो ।