बन्धक रिहाइका निम्ति हमाससँग सहमति भयो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ४ २०८१
2.5K
SHARES

४ माघ काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका निम्ति सहमति भएको जनाएको छ ।बिहीबार प्रधानमन्त्री नेतान्याहूले युद्धविराम सम्झौतामा मन्त्रिपरिषद्को मतदान स्थगन गरेका थिए । उनले हमासले सम्झौता परिवर्तन गर्न खोजेको आरोप लगाएका थिए ।

शुक्रबार बिहान नेतान्याहूको कार्यालयले वार्ताका निम्ति गठित टोलीले नेतान्याहूलाई सम्झौता भएको जानकारी गराएको जनाएको छ ।नेतान्याहूको कार्यालयले शुक्रबार मन्त्रिपरिषद्को बैठक बोलाउन आदेश दिएको जनाएको छ । उक्त बैठकबाट सम्झौता अनुमोदन गरिनेछ । बन्धक बनाइएकाहरूका परिवारलाई यसबारे जानकारी गराइएको छ ।

इजरायली मिडिया रिपोर्टका अनुसार, इजरायल, हमास, अमेरिका र कतारका प्रतिनिधिले दोहामा सम्झौतामा हस्ताक्षर गरेका छन् । बुधबार अमेरिका र कतारले युद्धविराम सम्झौताबारे जानकारी दिएका थिए ।