‘सारंग’को ट्रेलर सार्वजनिक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ११ २०८१
2K
SHARES

११ माघ  काठमाडौं । चलचित्र  ‘सारंग’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा परिवारमा सम्बन्ध विच्छेदले निम्त्याउने कथा देखिन्छ । निर्देशक प्रशान्त तामाङको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्रले बालमनोविज्ञान, बालअधिकार, धन हुने र नहुनेबीचको यथार्थ कथा भन्ने बताइएको छ ।

चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समिरमणि दीक्षित, सुरज तमुलगायत कलाकारको अभिनय छ । चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेका छन् । ‘सारंग’ माघ २५ गतेबाट प्रदर्शनमा आउनेछ ।