रियालको जितमा एमबाप्पेको ह्याट्रिक


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ १३ २०८१
2.2K
SHARES

१३ माघ काठमाडौं । फ्रेन्च फरवार्ड किलियन एमबाप्पेको ह्याट्रिकप्रेरित रियाल मड्रिडले स्पेनिस ला लिगामा रियाल भालाडोलिडविरुद्ध ३–० को जित निकालेको छ । शनिबार राति भालाडोलिडको मैदानमा भएको खेलमा रियाललाई तीन अंक दिलाउन एमबाप्पेले नै तीन गोल गरे ।

एमबाप्पेले खेलको ३०औँ मिनेटमा गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए । ५७औँ मिनेटमा एमबाप्पेले नै रियालको अग्रता दोब्बर बनाए । यस्तै, इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई सदुपयोग गरेपछि एमबाप्पेले ह्याट्रिक पूरा गरेका हुन् । स्पेनिस ला लिगामा यसै सिजन अनुबन्धित भएका एमबाप्पेको यो पहिलो ह्याट्रिक हो ।

जितसँगै २१ खेलबाट ४९ अंक जोडेको रियालले शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रतासमेत बनाएको छ । रियाललाई पछ्याइरहेको एट्लेटिको मड्रिडले समान खेलबाट ४५ अंक जोडेको छ । यस्तै, तालिकाको पुछारमा रहेको भालाडोलिडले भने २१ खेल खेल्दा १५ अंक जोडेको छ ।