सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०८१
2.1K
SHARES

२३ फागुन काठमाडौं । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ।  बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो।  यसअनुसार चालू आर्थिक वर्षका लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८ सय ६९ पैसा न्यूनतम समर्थन मूल्य तोकिएको छ।

त्यसैगरी १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ।