मैले माहोल बनाएपछि मिसिन आए – दुर्गा प्रसाईं


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन २७ २०८१
2.4K
SHARES

२७ फागुन काठमाडौं । फागुन २५ गतेको जनप्रदर्शन भव्य रूपमा सफल भएपछि राजावादीहरुबीच यसको जस लिने होड चलेको छ । नवराजावादीका रूपमा उदाएका व्यवसायी दुर्गा प्रसाईँले यो जनप्रदर्शनको आयोजना आफूले गरेको दाबी गरेका छन्

प्रसाईँले आज पत्रकार सम्मेलन गर्दै प्रमुख राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीको खोइरो खने । काठमाडौं महानगरपालिकाले अस्तिको जनप्रदर्शनमा सडक बिगारेको भन्दै राप्रपालाई जरिवाना गराएको थियो । स्वतःस्फूर्त भएको जनप्रदर्शनको राप्रपा आयोजक थिएन, तर महानगरले गराएको जरिवाना राप्रपाले खुशी भएर तिर्‍यो । यसबाट जनप्रदर्शन राप्रपाले नै गराएको सन्देश गएपछि दुर्गा प्रसाईँ भड्किएका हुन् ।

प्रसाईँले आफूले तीन वर्ष मिहिनेत गरेर माहोल बनाएपछि राप्रपा ढोक्सा थाप्न आएको आरोप लगाए ।उनले भने, ‘मैले राप्रपासँग कहिले हात मिलाएको छैन र मिलाउँदिन । म कसैको गोठालो होइन ।’