फोटो जलाउँदैमा गिरफ्तार उचित हुँदैन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ३ २०८१
2.7K
SHARES

३ चैत काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तस्बिर जलाउने व्यक्तिलाई गिरफ्तार गरिनु उचित नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।”प्रचण्डको फोटो जलाएको आरोपमा चितवनबाट एक राप्रपाका कार्यकर्ता पक्राउ परेका छन् ।