‘जन्ते बाख्रो’को फर्स्टलुक सार्वजनिक


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १४ २०८१
2.7K
SHARES

१४ चैत काठमाडौं । ‘जन्ते बाख्रो’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।अभिनेता सौगात मल्ल, आसिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘जन्ते बाख्रो’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउनेछ । हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

सौगातले निराश भावमा उनीहरुलाई हेरिरहेका छन् । उनीहरूको बीचमा चस्मा लगाएको बाख्रो छ । सिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा  सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायत कलाकारको अभिनय रहेको छ । प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।