दुर्गेशले गाए ‘कर्मा’को गीत


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १८ २०८१
2.7K
SHARES

१८ चैत काठमाडौँ । ‘कर्मा’ २९ चैत्रबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म अहिले प्रचार प्रसारमा छ ।फिल्मको प्रचार प्रसारलाई थप बल पुर्‍याउन गायक दुर्गेश थापाको स्वरमा एक गीत रेकर्ड गरिएको छ । ‘कर्मा कर्मा’ बोलको गीतमा शब्द तथा संगीत पनि दुर्गेशकै रहेको छ ।

गीतको भिडियो आइतबार छायांकन हुनेछ । गीत छिट्टै ल्याउने योजना निर्माण युनिटको छ । दुर्गेशको गीत  फिल्मका मुख्य कलाकार विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसालमाथि छायांकन हुनेछ ।

‘कर्मा’ आगामी नेपाल र विदेशमा एकसाथ रिलिज हुन लागेको हो । फिल्ममा कर्मा’मा विपिन, उपासना र मुकुनसँगै  दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’को कथा निर्देशक चौधरी आफैँले लेखेका छन् । फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।