कान्ति बाल अस्पतालमा पेडियाट्रिक हेमोडायलायसिस सेवा सुरु


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २८ २०८१
3K
SHARES

२८ चैत काठमाडौं । कान्ति बाल अस्पतालमा बालबालिकाका निम्ति पेडियाट्रिक हेमोडायलायसिस सेवा सुरु भएको छ ।बिहीबारदेखि अस्पतालले सो सेवा प्रवाह सुरु गरेको हो । दुईवटा मेसिनसहित आकस्मिक उपचार गर्नेगरी सेवा सुचारु गरिएको अस्पताल निर्देशक डा. पंकज रायले जानकारी दिए । हाललाई आवश्यकताका आधारमा दैनिक डायलायसिस सेवा चलाइने उनले बताए  ।

यसअघि आकस्मिक हेमोडायलायसिस आवश्यक पर्ने बालबालिकालाई अन्यत्र पठाउनुपरेका घटना पटकपटक भएपछि स्वास्थ्य सेवा विभागले अस्पताललाई दुईवटा मेसिन उपलब्ध गराएको हो । यो सेवा १५ वर्षसम्मका बालबालिकाले पाउनेछन् ।