विशाल सोनीको मकैबारी दर्याम–दर्याक
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख ८ २०८२
4.4K
SHARES
८ वैशाख काठमाडौं । दैलेखी गायक तथा मोडल विशाल सोनीको नयाँ गीत मकैबारी दर्याम–दर्याक सामाजिक सञ्जालमा चर्चित भएको छ। गत शुक्रबार सार्वजनिक भएको उक्त गीत टिकटक, फेसबुक लगायतका सामाजिक सञ्चालमा चर्चित भएको हो।
उक्त गीतको शव्द विशाल सोनीको हो भने थेगो तथा लय सन्दिप सेन्चुरीको रहेको छ। यस्तै, स्वर विशाल आफैं र सुश्मा शाही ठकुरीले दिएका छन् भने अभिनय यलिना रायमाझी र विशालले गरेका छन्। युटुबमा सार्वजनिक भएको साढे दुई दिनमा उक्त भिडिओलाई तीन लाख ६३ हजार पटक हेरिएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट