आर्यन, रमेश र पलपछि ‘महाराजधिराज’मा वर्षा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०८२
1.9K
SHARES

२६ वैशाख काठमाडौँ । फिल्म ‘महाराजधिराज’मा अभिनेत्री वर्षा शिवाकोटी अनुबन्ध भएकी छन्।  आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माण पक्षले चलचित्रमा वर्षालाई अनुबन्ध गरेको हो। यो लाइनअपसँगै निर्माण पक्षले चलचित्रमा स्टार कलाकारको बाहुल्य रहने संकेत दिएको छ।

स्टार कलाकार अनुबन्ध गर्दै लाइनअप बलियो बनाएको सिनेमाप्रति अपेक्षा पनि बढ्दै गएको छ।यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्त्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ। ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दै छन्।सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।

सेनकै लेखन रहेको यो फिल्म दसैँको फूलपातीमा प्रदर्शन हुँदै छ।सेनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगन्ज’ समीक्षात्मक रूपमा अब्बल ठहरिएको थियो। महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन्।उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्डसमेत जितेको थियो।