गाडी दुर्घटना हुँदा २ महिलाको मृत्यु, १ घाइते


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०८२
1.4K
SHARES

२५ जेठ काठमाडौं । दोलखामा बोलेरो गाडी दुर्घटना हुँदा दुईजना महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एकजना घाइते भएका प्रहरीले जनाएको छ। शुक्रबार राति गौरी शंकर गाउँपालिका-४ डेपुङमा बा १६ च ७६५१ बोलेरो गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा स्थानीय ३२ वर्षीया डोल्मा शेपा र सोही ठाउँकी ४५ वर्षीया फुलमाया शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।

‘दुर्घटनामा अन्य एक जना घाइते भएका छन्। उनको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ,’ प्रहरी निरीक्षक तिमल्सिनाले भने। दुर्घटनामा गम्भीर घाइते भएका शेर्पाद्यलाई उपचारको लागि चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको इन्सपेक्टर तिमल्सिनाले बताए।

कालिञ्चोक गाउँपालिकाको सिँगटी बजारबाट ६ जना यात्रु लिएर दोलखाकै झ्याँकुतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटना भएको हो।