कुपन्डोलमा कार र बस ठोक्किँदा एक जना घाइते


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०८२
4.7K
SHARES

२६ जेठ काठमाडौं । ललितपुरको कुपन्डोलमा कार र बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा कार चालक महिला घाइते भएकी छिन् । घटना आइतबार बिहान ७ बजेको रहेको प्रहरीले बताएको छ ।जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार थापाथलीबाट पुल्चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३१ च ३९६५ नम्बरको कार र पुल्चोकबाट थापाथलीतर्फ जाँदै गरेको बा ४ ख ५६४६ नम्बरको बस कुपन्डोलामा एक आपसमा ठोक्किएका थिए ।

जसबाट कार चालक महिला ललितपुर घर भएकी ६० वर्षीया रचना बाँस्कोटा घाइते भएको एसपी जोशीले बताए । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ ।दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । बस साझा यातायातको रहेको प्रहरीले बताएको छ ।