तीनजना मृत फेला


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०८२
1.1K
SHARES

२८ जेठ झापा । झापामा तीनजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् ।

अर्जुनधारा–४मा भेटिएको शवको सनाखत हुन बाँकी छ । बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छन् । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।