नायिका वर्षा शिवाकोटी जेरोनाको ब्रान्ड एम्बासडर


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १६ २०८२
1.5K
SHARES

१६ असार काठमाडौं । नायिका वर्षा शिवाकोटी जेरोना वेलनेसको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । उनलाई ब्राण्ड एम्बासडर नियुक्त गरेसँगै यो कम्पनीले पहिलो प्रोमो भिडियो पनि सार्वजनिक गरेको छ ।कम्पनीले उत्पादन गरेका सौन्दर्य सामग्री जेठ १८ गतेदेखि नेपाली बजारमा आएका छन् । जेरोनाले छालाको सुरक्षार्थ दश प्रकारका उत्पादन लिएर आएको छ । जेरोना डर्मा ब्रान्डमा जेरोनाले आफ्ना उत्पादन बजारमा ल्याएको हो ।

कम्पनीले बजारमा ल्याएका उत्पादनमा सनसेड सनस्क्रिन, एचवाई सेरम हायलोरोनिक सेरम, हाइड्रा मोइस्चराइजिङ लोसन, वाश सीे भिटामिन सी फेस वास, इभ ग्रुम नाइट क्रिम, सनसेड सनस्क्रिन एसपीएफ फिफ्टी जेल, सेरोमिन सी भिटामिन सी फेस सेरम, हाइड्रा सफ्ट  क्लिन्जर, वास ग्लो ग्लोइङ फेसवास र ग्रुम डे क्रिम रहेका छन् ।

कम्पनीका संचालक दुर्गाराज श्रेष्ठले जेरोना नेपाली कम्पनी भए पनि यी उत्पादनहरू भारतको गुजरातमा उच्च प्रविधिको प्रयोग गरी तयार पारिएको बताएका छन् । नायिका वर्षाले दुई वर्षका लागि जेरोनाको ब्रान्ड एम्बासडरका लागि सम्झौता गरेको बताइन् ।