किसानलाई कृषि औजार वितरण


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १८ २०८२
1.4K
SHARES

१८ असार भोजपुर । पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा रु २८ लाख बराबरका कृषि सामग्री वितरण गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार किसानको मागका आधारमा ४२ वटा मिनीटिलर र २६ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो । गाईपालन कार्यक्रममा सहभागी किसानलाई कृषि औजार वितरण गरिएको हो ।  किसानलाई आनुधिक खेती प्रणालीमा जोड्दै यन्त्रिकीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको उनले बताए ।

गाउँपालिकाले व्यवस्थित खेती प्रणालीमा जोड दिएको जानकारी दिँदै  गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँपालिकामा करोडौँको अकबरे खुर्सानी उत्पादन भइरहेको तथा किसानलाई यस्तै नगदेबालीमा प्रोत्साहन गर्न उपकरण वितरण गरिएको बताए । महिलालाई उद्यममा जोड्न महिला विकास बोर्डमार्फत विविध कार्यक्रम सञ्चालन भइरहेका उनले जानकारी दिए ।