५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १८ २०८२
1.6K
SHARES

१९ असार काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति सदर गरेको छ ।

न्यायाधीशहरूबीच राय बाझिएपनि नियुक्ति सदरको निर्णय भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार राति फैसला सुनाउँदै यस्तो ठहर गरेको हो ।

तत्कालीन प्रधानमन्त्री ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश’ जारी गर्दै नियुक्ति दिलाएका थिए । ओली नेतृत्वको संवैधानिक परिषद्ले दुई पटक गरी ५२ जना नियुक्त गरेको हो ।

न्यायाधीशहरुबीच रिट खारेजी कि आदेश जारी गर्ने भन्ने विषयमा राय बाझिएको पाइएको छ ।  तत्कालीन ओली सरकारले दुईपटकसम्म नियुक्ति गरेको थियो । अघिल्लो नियुक्तिमा न्यायाधीशहरुबीच राय बाझिएको थियो ।

मङ्सिर ३० को सिफारिस विरुद्ध पुस १ मा परेको रेट निवेदनमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नकुल सुवेदी आदेश गर्ने पक्षमा, सपना प्रधान मल्ल, मनोज शर्मा र कुमार चुडालले रिट खारेज गर्ने पक्षमा राय राखेपछि राय बाझिएको थियो । त्यसपछि  बहुमतबाट रिट खारेज भयो।