आज नागपञ्चमी


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १३ २०८२
1.3K
SHARES

१३ साउन काठमाडौं । काठमाडौंसहित देशभर आज नागपञ्चमी मनाइँदै छ । घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइन्छ ।नागमन्दिर तथा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाइन्छ । मंगलबार काठमाडौं उपत्यकामा भक्तपुरको नागपोखरी, काठमाडौंको नक्सालस्थित नागपोखरी,सुन्धारा, टौदह, ललितपुरको नागदहसहित स्थानमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

नागपञ्चमी पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । आज नागको पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने तथा अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वास छ ।