पब्लिक यूथ क्याम्पमा इन्टरप्रेनरशीप समीट एण्ड यूथ फेस्टिवल हुदै
२० साउन काठमाडौं । पब्लिक यूथ क्याम्पसको विविएम तहमा अध्ययनरत विद्यार्थीहरुलाई समय सापेक्ष व्यवस्थापन शिक्षा प्रदान गर्ने उद्देश्यले विषयगत पाठ्यक्रमसंग सम्बन्धित क्रियाकलापलाई प्रोत्साहन हुने गरी सातौं सेमेस्टरका विद्यार्थीहरुको अगुवाइ तथा व्यवस्थापनमा इन्टरप्रेनरशीप मीट एण्ड यूथ फेस्टिवल, २०२५ (भर्सन १.०) को आयोजन गरिएको छ ।

यही २०८२ श्रावण २३ गते शुक्रवारका दिन क्याम्पस परिसरमा आयोजना गरिने मेलामा स्थानीय परिकार सहित व्यवसायिक स्टलहरु समेत गरी करिब ३० वटा विद्यार्थीहरुको स्टल रहने छ, भने सांगितिक महोत्सब, इ—स्पोर्टस् प्रतियोगिताको पनि आयोजना गरिनेछ । कार्यक्रममा स्वरोजगार, स्टार्टअप व्यवसाय प्रबद्र्धन लगायत पूँजी परिचालन र श्रोत व्यवस्थापन सम्बन्धी विषय विज्ञसंग समूहगत छलफल समेत गरिने छ ।

बढ्दो मानवीय पूँजीको पलायनलाई रोकी देशमा नै स्वरोजगारको वातावरण तयार गर्न तथा व्यवसायिक शिक्षाको प्रबद्र्धन गर्न समेत यस कार्यक्रमबाट सहयोग पुग्नेमा क्याम्पस विश्वस्त रहेको छ ।