करेन्ट लागेर मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २१ २०८२
3.3K
SHARES

२१ साउन विराटनगर । झापामा खेतमा पानी लगाउने  क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मंगलबार गौरादह नगरपालिका-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरदेखि करिब १० मिटर उत्तरमा रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।करेन्ट लागेर नेम्वाङको घटनास्थलमै मृत्य भएको हो ।