करेन्ट लागेर मर्यो गैँडा
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन २१ २०८२
1.7K
SHARES
२१ साउन चितवन । चितवनको माडी नगरपालिका–२, भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ ।बुधबार (साउन २१) बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
गैँडाका खाग, खुर सुरक्षित छ । कसले कुन प्रयोजनका निम्ति धानबारीमा विद्युतीय करेन्ट छोडेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट