रुकुम पश्चिममा राप्ती राजमार्ग अवरुद्ध


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ३० २०८२
1.1K
SHARES

३० साउन काठमाडौं । रुकुम पश्चिममा राप्ती राजमार्ग अवरुद्ध भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१२, प्रीतिबाङमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

शुक्रबार (साउन ३०) बिहान करिब ७ः५० बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।