सार्वजनिकस्थलमा धूम्रपान गर्नेलाई महानगरले तिराउन थाल्यो ५०० जरिवाना


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २ २०८२
1.5K
SHARES

२ भदौ काठमाडौं । काठमाडौं महानगपालिकाले सार्वजनिकस्थलमा धूम्रपान गर्नेहरूलाई प्रतिव्यक्ति ५०० रुपैयाँका दरले जरिवाना तिराउन सुरु गरेको छ । पूर्वसूचनाबमोजिम भदौ १ गतेदेखि यस्तो नियम लागु गरिएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

“हामीले सार्वजनिकस्थलमा धूम्रपान गर्नेहरूलाई प्रतिव्यक्ति ५०० का दरले जरिवाना तिराउन थालेका छौँ,” उनले भने, “जनचेतनाका लागि चोकचोकमा ‘सार्वजनिक ठाउँमा धूम्रपान नगरौँ’ भन्ने प्लेट समातेर नगरप्रहरी टोली खटाएका छौँ ।”सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ बमोजिम कारबाही सुरु गरिएको उनले बताए ।