गौर हत्याकाण्डको मुद्दा चलाउन सर्वोच्चको परमादेश


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २ २०८२
3.4K
SHARES

२ भदौ काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौर हत्याकाण्डको मुद्दा चलाउन परमादेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गौर हत्याकाण्डको मुद्दालाई ब्युँत्याइदिएको हो ।त्रिभुवन साहसहितले गौर हत्याकाण्डमा मुद्दा चलाउने बाटो खोलिदिन माग गरे रिट निवेदन दायर गरेका थिए ।

०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौरमा भएको आक्रमणमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए । यस्तै, सयभन्दा बढी घाइते भएका थिए । मधेसी जनअधिकार फोरम र माओवादीको मधेसी मुक्ति मोर्चाको कार्यक्रममा झडप भएको थियो ।