निजी क्षेत्रबाट पर्यटनमन्त्री नियुक्त गर्न सिफारिस गर्न आवश्यक छ – अध्यक्ष पाण्डे


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २९ २०८२
1.4K
SHARES

२९ भदौ काठमाडौं । नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । संघका अध्यक्ष सागर पाण्डेले हालैको राजनीतिक परिवर्तनको सन्दर्भमा पर्यटन क्षेत्रको एकीकृत रणनीति बनाउन आवश्यक भएको भन्दै सबै पर्यटन संघ–संस्थाका अध्यक्षलाई आकस्मिक छलफलमा सहभागी हुन आग्रह गरेका छन् ।

पाण्डेले चुनौतीसँगै अवसर पनि आउने भएकाले निजी क्षेत्रबाट पर्यटनमन्त्री नियुक्त गर्ने विषयमा सरकारसँग सामूहिक रूपमा पहल गर्नुपर्ने आवश्यकता रहेको बताए । भ्रमणका क्रममा देशबाहिर रहेका पाण्डेले आज राति नेपाल फर्किने र भोलि बैठकको आयोजना गर्ने जानकारी दिए ।

यस्तो छ अध्यक्ष पाण्डेको भनाइ:

नेपाल पर्यटन उन्नयनका लागि आकस्मिक बैठक

आदरणीय नेपाल पर्यटन क्षेत्रका संघ–संस्थाका अध्यक्षज्यूहरू,

यो सन्देश तपाईंलाई स्वस्थ अवस्थामा पुगेको आशा गर्दछु ।

हालैका राजनीतिक परिवर्तनको अवस्थामा, नेपाल पर्यटनलाई उन्नत बनाउने रणनीतिहरूमाथि छलफल गर्न म आकस्मिक बैठक आह्वान गर्न चाहन्छु । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा एकीकृत सन्देश दिनु अत्यावश्यक छ ।