कार्यालय प्रमुखहरूलाई अनिवार्य रुपमा कार्यस्थल पुग्न निर्देशन


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज १८ २०८२
1.2K
SHARES

१८ असोज काठमाडौं । सरकारले कार्यालय प्रमुखहरूलाई अनिवार्य रुपमा कार्यस्थल पुग्न भनेको छ ।

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर यस्तो भनेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ । यो अवस्थामा आ–आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ अर्थात् आजैसम्ममा अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन भनिएको छ ।