यति ठूलो संकट पहिले थिएन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२
1.1K
SHARES

२४ असोज काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनतामा ठूलो संकट पैदा भएको बताएका छन् । आज सम्पादकहरुसँगको छलफलमा प्रचण्डले सो धारणा राखेका हुन् । ‘राष्ट्रिय स्वाधिनतामा यति ठूलो हस्तक्षेप, स्वाधिनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो ।’

उनले राजनीतिक संकट पनि कायमै रहेको बताए । जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको पनि प्रचण्डले बताए ।