जनभावना अनुरुप त्याग गर्न आफैँलाई तयार पारौँ – नेता शर्मा
Capital Headline
प्रकाशित मिति :
शनिबार, असोज २५ २०८२
3.9K
SHARES
२५ असोज काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले जेनजी आन्दोलनपछि जनभावनालाई सम्बोधन गर्न त्याग गर्न सबैलाई आह्वान गरेका छन्।
राष्ट्रभन्दा ठुलो केही नभएकाले के छाड्दा रक्षा हुन्छ त्यसतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
शर्माले भनेका छन्, ‘राष्ट्र भन्दा ठुलो केही छैन। यति बेला मुठभेट हुने र गर्नेतिर हैन शान्ति र वैधानिकता स्थापनाका लागि योगदान गरौँ । के के छोड्दा राष्ट्रको रक्षा हुन्छ र जनभावना सम्बोधन हुन्छ । त्याग गर्न लागि आफैँलाई तयार पारौँ ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट