मैले राजनीतिबाट सन्न्यास लिएँ – नेता गणेश साह


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ३० २०८२
2.2K
SHARES

३० असोज काठमाडौं । नेकपा (माओवादी केन्द्र)का तत्कालीन सचिव गणेश साहले आफूले राजनीति त्यागेको बताएका छन् । गएको भदौ २३ र २४ गते ‘जेनजी’ विद्रोहपश्चात् नै आफू माओवादी बैठकमा सहभागी नभएको उनले जानकारी दिए । जेनजीको भावनाअनुसार पार्टी अघि नबढेकाले आफू अलग भएको उनले बताए । जेनजी आन्दोलनपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन गर्दै हाल महाधिवेशन आयोजक समिति बनाइएको छ । “जेनजीको भावनाअनुसार पार्टी अगाडि बढेन । त्यसपछि नै बैठकमा सहभागी भएको छैन । मैले राजनीतिबाट सन्न्यास लिएँ,” उनले  भने ।

उनले अब आफू पुरानै कर्ममा फर्कने बताए । “अब मैले पुरानै गर्दै आएको वातावरणसम्बन्धी काम गर्छु । राजनीतिबाट विश्राम लिएँ,” उनले भने, “७६ वर्षको भइसकेँ, नयाँ पुस्ताले नेतृत्व चाहिन्छ भनिरहेका बेला हामी बसिरहनु राम्रो हुँदैन ।आफू बैठकमा सहभागी नहुँदा पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सित कुनै संवाद नभएको उनले बताए । महाधिवेशनका विषयमा सुझाव लिन चाहे अनौपचारिक रूपमा आफूले दिने उनले स्पष्ट पारे ।उनले भने, “प्रचण्डजीलाई हामीसँग कुरा गर्ने फुर्सद कहाँ छ र ! जेनजीको भावनाअनुसार त अगाडि बढ्नुभएको जस्तो लाग्दैन, सुझाव लिन चाहे दिन्छु ।”