यस्तै हो भने म प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ – पूर्वप्रधानन्त्री ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २ २०८२
2.8K
SHARES

२ कार्तिक काठमाडौं । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले यस्तै अराजकता चलिरहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने दावी गरेका छन् । सम्पादकहरुले सम्पादकीय नै लेखेर आफूलाई फिर्ता ल्याउन माग गर्ने उनको भनाइ छ ।

आज  सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै उनले भने, ‘यस्तै भयो भने केपी ओली फेरि प्रधानन्त्रीमा फर्किने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि, किन सहने ? अरुबाट हुने रहेनछ। यस्तो अराजकता । तपाईंहरुले (सम्पादकहरु) विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याउँ भनेर लेख्नुहुन्छ । नलेख्नुपर्ने कारण छन् भने भन्नुस ।’