माओवादी पनि विभाजित हुनसक्छ – महासचिव भूसाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८२
2K
SHARES

१३ कात्तिक काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादीमा एकता गर्न चाहने पार्टी नेताहरुलाई माओवादी अहिलेको अवस्थामा नरहने ख्याल गर्ने सुझाव दिएका छन् ।पार्टीको बैठकमा अहिले चलिरहेको एकताको विषयमा उनले सैद्धान्तिक विमति राख्दै माओवादी अवसरका ‘माओवादी आज जे छ त्यो रहन्न । यसको डिएनएको कारणले विभाजित हुन्छ’ उनले बैठकमा भने,’ म पनि राम्रो सम्पर्कमा छु ।’उनले आफू वामआन्दोलनको एकताको पक्षमा रहेको तर नेता मात्र मिल्ने एकताको अर्थ नहुने धारणा राखे र ‘ हामीले २०७५ साल जेठ ३ मा माओवादीसँग एकता गर्‍यौं ।वैशाख अन्तिम एकता नहुनेतर्फ थियो । तर जेठ १५ मा एकता गरियो । त्यो एकता भागबन्डामा आधारित थियो निरन्तर भएन’ उनले भने । उनले अहिले पनि त्यस्तै गर्न खोजिएको उल्लेख गर्दै एकताको प्रयोग असफल हुने शंका गरे ।

‘वाम आन्दोलन असफल हुँदै जानुमा लिडरसिपको असफलता हो’ महासचिव भूसालले भने,’माओवजादी अवसरका लागि भौतारिँदै छ । हिजो ३१ लाख भोट पाउने माओवादी ११ लाखमा पुग्यो अब कहाँ पुग्ने हो ख्याल गरौं ।’उनले अहिले माओवादीसँग एकता गर्नका लागि भन्दै तयार गरिएको जस्तो सिद्धान्तको कुरा गर्ने हो भने त एमालेसँगै एकता हुनसक्ने दाबी गरे । ‘एमाले जबज एउटा शब्द निकाल्ने हो भने त एमालेसँग पनि एकता हुनसक्छ ।’