जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८२
3.6K
SHARES

१३ असोज काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान रेशम चौधरीले बिहीबार दर्ता गरेको नयाँ दलमा प्रवेश गरेका छन् । जनमतको उपाध्यक्ष पद छोडेका खान नयाँ दल दर्ता गर्ने क्रममा रेशमसँगै निर्वाचन आयोग पुगेका हुन् ।

जेनजी आन्दोलन पछि रेशमले नयाँ दल गठन गरेको घोषणा गरेका थिए । पत्नि रञ्जिता श्रेष्ठसँग पार्टीभित्र विवाद निरन्तर भएपछि रेशमले नयाँ दल नागरिक उन्मुक्ति पार्टी (नेपाल) गठन गरेका हुन् ।अब्दुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए ।