नवनियुक्त आईजीपी दानबहादुर कार्कीले लगाए दर्ज्यानी चिह्न
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक २७ २०८२
1.8K
SHARES
२७ कात्तिक काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । बिहीबार (कात्तिक २७) गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
कार्कीलाई सरकारले सोमबार (कात्तिक २४) ३३औँ आईजीपीमा नियुक्त गरेको थियो । ३२औँ आईजीपी चन्द्रकुबेर खापुङ प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि कार्कीलाई उक्त पदमा नियुक्त गरिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट