सिमरामा कर्फ्यू


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर ३ २०८२
893
SHARES

३ मंसिर काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यू आदेश जारी गरको हो ।अहिले मध्यह्न साढे १२ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

सिमरा विमानस्थल आसपासका क्षेत्रमा ‘जेनजी’ युवाहरूको प्रदर्शन तथा राजनीतिक दल आवद्ध समूहरूको झडप भइरहेकाले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारकी कार्यालयलगायत निजी सम्पत्ति क्षति हुन नदिनुका साथै परिस्थिति थप विग्रन नदिन कर्फ्यू लगाइएको सूचनामा उल्लेख छ ।सो अवधिमा उक्त क्षेत्रमा कसैले आवत-जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जानकारी दिएको छ ।

सिमरामा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत चढेको जहाज अवतरण गर्न नदिने भन्दै युवाहरूले प्रदर्शन गरेका थिए । त्यसपछि प्रशासनले कर्फ्यू लगाएको हो ।

karfu-1763535300.jpg