१० महिनामा नौ लाख ४३ हजार पर्यटक नेपाल आए


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२
1.3K
SHARES

१५ मंसिर काठमाडौं । सन् २०२५ को १० महिना (जनवरीदेखि अक्टोबरसम्म) करिब साढे नौ लाख पर्यटक नेपाल भित्रिएका छन् ।  अर्थ मन्त्रालयका अनुसार सन् २०२५ जनवरीदेखि अक्टोबरसम्म नेपाल घुम्न आउने पर्यटकको संख्या नौ लाख ४३ हजार ७१६ पुगेको छ । सन् २०२४ को सोही अवधिमा यस्तो संख्या नौ लाख ४१ हजारभन्दा बढी थियो । गत वर्षको तुलनामा यो ०.३ प्रतिशतले वृद्धि हो । सन् २०२५ को मा सो वृद्धि देखिएको हो ।

यसैगरी, अक्टोबरमा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन पछिल्लो ६ वर्षको अक्टोबर महिनामा नेपाल आएका पर्यटकको संख्यामध्ये सबैभन्दा बढी हो । सन् २०२४ को अक्टोबर महिनामा नेपाल भित्रिने पर्यटकको संख्या एक लाख २४ हजार ३९३ थियो ।