पुलबाट खस्यो माइक्रो, ११ जना घाइते


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर २७ २०८२
2.1K
SHARES

२७ मंसिर काठमाडौ । धादिङको महादेवबेँसीमा माइक्रोबस पुलबाट खस्दा ११ जना घाइते भएका छन्।प्रहरीका अनुसार आज (शनिबार) दिउँसो पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख ५०२६ नम्बरको माइक्रोबस ब्रेक फेल भई सडकबाट करिब १५ मिटर तल खसेको हो।

दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय र सुरक्षाकर्मीले उद्धार गरी नजिकैका स्वास्थ्य संस्थामा पठाएका छन्। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यमसम्म रहेको धादिङ प्रहरीले जानकारी दिएको छ।