नेको इन्स्योरेन्सका सीईओको फेसबुक ह्याक, सतर्कता अपनाउन अपिल
१ पुस काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार खड्काको फेसबुक पेज तथा व्यक्तिगत फेसबुक आईडी समेत ह्याक भएको छ।
कम्पनीले सार्वजनिक सूचना जारी गर्दै ह्याक भएको फेसबुक पेज वा आईडीबाट कुनै पनि प्रकारले रकम माग गर्ने, सूचना दिने वा अन्य विवरण प्रकाशित भएमा त्यसप्रति विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यस्ता गतिविधिबाट उत्पन्न हुने कुनै पनि कार्यप्रति प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी जिम्मेवार नहुने स्पष्ट पारिएको छ। कम्पनीले सबैलाई सतर्क रहन समेत अनुरोध गरेको छ।