बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस ३ २०८२
1.9K
SHARES
३ पुस काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेर २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५९ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउले भने नयाँ रेकर्ड ब्रेक गरेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४ हजार ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट