दोहोरो अंकले घट्यो बजार
३ पुस काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (पुस ३) मा सेयर बजार घटेको छ । यस दिन बजार दोहोरो अर्थात् १०.६६ अंकले बजार घटेर नेप्से परिसूचक २६१५.०३ विन्दुमा बन्द भएको छ । बजार घट्दा ६३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर छ ।
बजार घटे पनि एक करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।अघिल्लो कारोबारको दिन बुधबार चार अर्ब ५ करोडको सेयर किनबेच भएको थियो ।
यस दिन स्वस्तिक लघुवित्त, एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । सिन्धु विकास बैंक, कुमारी बैंक डिबेन्चर, सीवाईसी नेपाल लघुवित्त, सप्तकोसी विकास बैंकलगायतका कम्पनी उच्च कारोबार गर्नेमा परे ।
बाराही हाइड्रो, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, एनएमबि डिबेन्चर, मोदी इनर्जी सुपर माई हाइड्रो उच्च गुमाउने शीर्ष कम्पनी रहे ।समूहगत उपसूचकतर्फ निर्जीवन बिमा र व्यापार समूह बढेको छ भने होटेल तथा पर्यटन सूचक स्थिर रहँदा बाँकी समूहसूचक घटेका छन् ।