एनआईसी एसिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस ६ २०८२
2K
SHARES

६ पुस काठमाडौं । एनआईसी एसिया बैंकका अध्यक्षबाट तुलसीराम अग्रवालले राजीनामा दिएका छन्।उनले व्यक्तिगत कारण खुलाउँदै पुस ६ गते  राजीनामा बुझाएका थिए।

सोही दिन बसेको सञ्चालक समितिको ७४२औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको छ।अग्रवाल २०७८ चैतमा २४औँ साधारणसभाबाट अध्यक्षमा नियुक्त भएका थिए।