साढे २१ अर्बको ट्रेजरी बिल नवीकरण गरिँदै
६ पुस काठमाडौं । सार्जजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (पुस ७) साढे २१ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । कार्यालयले २८, ९१ र ३६४ दिनका लागि २१ अर्ब ४९ करोड २० लाख रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
२८ दिने ट्रेजरीका लागि पाँच अर्ब, ९१ दिनका लागि १४ अर्ब ४९ करोड २० लाख र ३६४ दिनका लागि दुई अर्ब रुपैयाँ छुट्याइएको छ । यी तीन प्रकारका ट्रेजरी नयाँ बिक्री गर्ने नभएर पुरानै नवीकरण गर्न लागिएको हो ।
यसमा २८ दिने आगामी माघ ६ गते, ९१ दिने चैत १० र ३६४ दिने आगामी वर्ष २०८३ पुस ७ गते परिपक्व हुनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिक्री (निष्कासन) भने मंगलबार (पुस ८) मा हुनेछ । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरूले रीतपूर्वक तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् ।