सुनको चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड ब्रेक


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ८ २०८२
4.1K
SHARES

८ पुस काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ५५ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको हो।हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६१ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४२ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४२ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो।