ग्लोबल आईएमई बैंकले ५० लाखसम्म शेयर धितो कर्जा अब अनलाइनबाटै दिने


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ८ २०८२
2.1K
SHARES

८ पुस काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म’ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार यस योजनाअन्तर्गत शेयर लगानीकर्ताहरूले अनलाइनबाटै शेयर धितो कर्जाका लागि बैंकमा आवेदन र पाउन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको शेयरहरू धितो राखी सरल प्रक्रियाबाट मार्जिन प्रकृतिको शेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । ग्राहकहरूले कर्जा स्वीकृति अवधिसम्ममा एकपटक मात्र बैंकको शाखा कार्यालय उपस्थित भई आवश्यक कागजपत्रमा हस्ताक्षर गर्नुपर्नेछ ।

यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाका बारेमा आफैँले जानकारी लिनसमेत सक्नेछन् । बैंकले पहिलो चरणमा शेयर धितो कर्जाको सीमा न्यूनतम ५ लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म तोकिएको छ ।यद्यपि, यो कर्जाका लागि धितोको रूपमा स्वीकार गरिने शेयरहरू निवेदक स्वयम् हुनुपर्ने र निवेदकबाहेक अन्य व्यक्तिका शेयरहरू धितोको रूपमा स्वीकार नगर्ने बैंकले जनाएको छ ।

सेवाग्राहीको सुविधाका लागि बैंकले आफ्ना ३१ वटा शाखा कार्यालयबाट सहज सुविधा दिएको जनाएको छ । कर्जा लिन इच्छुक ग्राहकहरूले अनलाइन आवेदन दिदा आफुलाई पायक पर्ने शाखा कार्यालय छनोट गर्न सक्नेछन् ।  साथै, यो सुविधा बैंकको डिजिटल युनिभर्समा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।