क्रिसमस बिदाको दिन पनि आरटीजीएस प्रणाली सञ्चालनमा
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस ९ २०८२
2K
SHARES
९ पुष काठमाडौँ । सरकारले ‘क्रिसमस डे’ को सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस सञ्चालनमा रहने जानकारी दिएको छ ।
२०८२ पुस १० गते बिहीबार इसाई धर्माबलम्बीहरूको पर्व क्रिसमसको अवसरमा सार्वजनिक बिदा भए तापनि बैंकिङ कारोबारको सहजताका लागि उक्त प्रणाली सञ्चालन गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार सो दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट