सुन चाँदीको भाउमा नयाँ रेकर्ड ब्रेक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ११ २०८२
2.2K
SHARES

११ पुस काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको हो। यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४५ सय ६५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । हिजो चाँदी तोलामा ४४ सय रुपैयाँमा कारोबार भएको थियो।