सरकारको नगद मौज्दात २ खर्ब २ अर्ब ९७ करोड
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस १३ २०८२
2.2K
SHARES
१३ पुस काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनासम्म नेपाल सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो रकम संघ, प्रदेश र स्थानीय तहसमेतका सरकारी खातामा रहेको हो।
कात्तिक मसान्तसम्म यो मौज्दात स्तर पहुँचेको बैंकको तथ्यांकले देखाएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यो रकम १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ मात्र थियो। यस अवधिमा सरकारी नगद मौज्दात उल्लेख्य रूपमा बढेको स्पष्ट भएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट