सुनको भाउ सामान्य घट्यो


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १४ २०८२
3.5K
SHARES

१४ पुस काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको हो।हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो ।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४८ सय ९५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । हिजो चाँदी तोलामा ४८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।